असार २४, २०८२ मंगलबार July 8, 2025

आज शिवरात्रि : भक्तजनलाई सुरक्षा दिन सात हजार प्रहरी परिचालन – पूर्वसन्ध्यामा ७० जनाभन्दा बढी शंकास्पद पक्राउ 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रहरीले शिवरात्रिको अघिल्लो दिन ७० भन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दर्शनार्थीको सुरक्षालाई ध्यान दिँदै शंकास्पद व्यक्ति पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । विशेषगरी पाकेट मार्ने र चोरी हुन सक्ने सम्भावना रोक्न प्रहरीले पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

‘पशुपतिनाथ मन्दिर आसपासबाट ७० भन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । हिरासतमा राखी उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ,’ प्रवक्ता बस्नेतले नयाँ पत्रिकासँग भने, ‘२४ घन्टासम्म उनीहरू हिरासतमा रहनेछन् । अनुसन्धानपछि केही नदेखिएकालाई छाडिनेछ । कैफियत देखिएकालाई मुद्दा चलाइनेछ ।’ बस्नेतका अनुसार पक्राउ पर्ने अधिकांश गाँजा सेवन गर्ने, गाँजा तथा लागुऔषधका कारोबारी र हुलहुज्जतमा संलग्न हुनेहरू छन् ।

शिवरात्रिलाई सुरक्षित बनाउन सात हजार प्रहरी परिचालन गरिएको छ । पशुपति आसपासमा सुरक्षा दिन उनीहरू सादा पोसाकमा खटिनेछन् । पोसाकमा रहेका प्रहरीले विपत्मा परेका दर्शनार्थीको उद्धार गर्ने, लाइन व्यवस्थित गर्ने र भिडभाड हुन नदिने प्रयास गर्नेछन् । सादा पोसाकमा रहेका सुरक्षाकर्मीले शंकास्पद व्यक्तिमाथि निगगानी गर्ने, पक्राउ गर्न आवश्यक देखिएकाहरूको सूचना संकलन गरी सुरक्षा संयन्त्रमा खबर गर्ने तथा पक्राउ गर्न सघाउनेछन् ।

काठमाडौं परिसरका प्रवक्ता एसपी बस्नेतले दर्शनार्थीको सुरक्षाका लागि सात हजार सुरक्षाकर्मी खटिने बताए । ‘पोसाक र सादा दुवै भेषमा सुरक्षाकर्मी खटिनेछन् । सबैका काम परिभाषित गरिएको छ । सुरक्षा व्यवस्था चुस्त छ,’ प्रवक्ता बस्नेतले नयाँ पत्रिकासँग भने ।

ट्राफिक व्यवस्थापन प्रभावित हुने 

पर्व अवधिभर पशुपतिनाथ मन्दिर आसपासमा ट्राफिक व्यवस्थापन प्रभावित हुनेछ । खासगरी चक्रपथ, चाबहिल–जोरपाटी, नयाँबानेश्वर, पुरानो बानेश्वर, रातोपुल, कालोपुल, भत्केको पुल, गौरीघाट र बौद्ध आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावित हुनेछ ।

प्रभावित क्षेत्रमा ट्राफिक सहजताका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित हुने अवागमनलाई केही ठाउँमा डाइभर्सन पनि गरेको छ । मेलाभर आवागमन गर्ने सवारीसाधनले तोकिएको सडकखण्डबाट मात्रै सञ्चालन गर्न पाउनेछन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार