काठमाण्डौंः विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए ।
उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिरहेको जानकारी दिए ।
गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले विद्युतीय कारोवारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास गरे । बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेलगायतले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ भने ।
गभर्नर अधिकारीले एनएमबी बैंकले महिला उद्यमी सन्तोषी भगतलाई चार प्रतिशत ब्याज दरमा उपलब्ध गराएको रु १० लाख ऋणको कागजात प्रदान गरे । गभर्नर अधिकारीले एवि टे«डर्सका प्रमुख पशुपति भगतलाई विद्युतीय कारोवार कार्ड पनि हस्तान्तरण गरे । नयाँ गुद्री बजारमा ४०० व्यवसायीलाई विद्युतीय कार्ड प्रदान गरिएको छ ।-रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
मौलिक मिडिया हाउस प्रा.लि.द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल युगखवर डटकम अनलाईन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो ।
प्रधान सम्पादक:-सुरन कार्की
कार्यकारी सम्पादक:- विन्दु वास्तोला
सूचना तथा प्रशारण विभाग दर्ता:- १४४२/०७६-७७
इमेल:- [email protected]
सम्पर्क:- 9801203649/9847041003
प्रतिक्रिया