असार २४, २०८२ मंगलबार July 8, 2025

दलबीचको तिक्तता तोड्न राष्ट्रपतिको पहल आज सर्वदलीय बैठक आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि सत्तारूढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीलाई मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठकमा बोलाएकी हुन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जानकारी दिए । ‘पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेतालाई सर्वदलीय बैठकमा बोलाइएको हो,’ राष्ट्रपतिका स्वकीय सचीव अधिकारीले राजधानीसँग भने ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । राष्ट्रपतिले यसअघि नै दलसँग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ ।

सर्वदलीय बैठकमार्फत राष्ट्रपतिले दललाई मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट टुंग्याउँदै अघि बढ्न आग्रह गर्ने बताइएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुकमा राजनीतिक दलबीच तिक्तता बढेको थियो भने पछिल्लो समय गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई एकीकरणअघिकै अवस्थामा पु-याइदिएपछि पनि मुलुक राजनीतिक जटिलताबाट गुजँ्रदै आइरहेको छ ।

राष्ट्रपतिले यो पहलकदमीमार्फत मुलुकको बदलिएको राजनीतिक कोषलाई ट्रयाकमा ल्याएर दलबीच समझदारी कायम गर्दै एकताबद्ध ढंगबाट अघि बढ्ने लक्ष्य लिइएको बताइएको छ । पछिल्लो समय दलबीचको असमझदारी र राजनीतिक संवादहीनताको अवस्थाका कारण संसद् पुनस्र्थापना भएपछि संसद् सहज रूपमा सुचारु हुन सकिरहेको छैन । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार