असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा कोभिडविरुद्ध दोस्रो डोज खोप लगाउने मिति लम्बिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड–१९ विरुद्धको खोप अपेक्षाअनुसार उपलब्ध नभएपछि दोस्रो डोज लगाउने मिति लम्बिने भएको छ । हालसम्म भारतको सहयोग, कोभ्याक्स योजना र भारतबाट किनेको समेत गरी नेपालमा जम्मा २३ लाख ४८ हजार डोज खोप आएको छ । त्यसमध्ये १५ लाखभन्दा बढी डोज प्रयोग भइसकेको छ ।

यस हिसाबमा अब नेपाल सरकारसँग करिब आठ लाख डोज खोप मात्रै बाँकी छ । बाँकी रहेको खोपलाई पनि सरकारले पहिलो डोजको रूपमा प्रयोग गरिरहेको छ ।फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)का अनुसार खोपको दोस्रो डोज चारदेखि आठ साताको अन्तरालमा लगाउँदा मात्रै यसले प्रभाव देखाउँछ । त्यसपछि लगाएको खोप प्रभावकारी नहुने एफडिएको भनाइ छ । तर, नेपाललाई भ्याक्सिन उपलब्ध गराउँदै आएका देशहरूमा कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले तिनै देशमा समेत भ्याक्सिन अभाव भइरहेको विभिन्न रिपोर्टले देखाएको छ ।

यसअघि नेपाल सरकारले दोस्रो डोज खोप वैशाखदेखि नै सुरु गर्ने जनाएको थियो । सोहीअनुसार सरकारले भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटलाई १० लाख डोजको रकम भुक्तानी पनि गरिसकेको छ । तर, खोप कहिलेसम्म आउँछ भन्ने कुनै निर्णय भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया