असार २८, २०८२ शनिबार July 12, 2025

अमेरिका-दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।

उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुबै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताउनु भएको छ ।

उहाँले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु विघटन गर्ने बारेमा विचार गर्दैछौं भन्नु भएको छ ।

उहाँले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र अमेरिकाले अरु आक्रामक रणनीति बनाए आफूहरु उत्तर–दक्षिण सैन्य सम्झौतालाई नै खारेज गर्ने स्थितिमा पुग्ने चेतावनी दिनुभयो ।

उपनिर्देशक किमले अमेरिकी प्रशासनले उत्तर कोरियाको भावना विपरीत सैन्य सुदृढीकरणलाई मात्र जोड दिए उत्तर कोरिया पनि आफ्नो पक्ष बलियो बनाउनेतर्फ कायहरु गर्ने स्पष्ट गर्नुभयो । उहाँले उत्तर र दक्षिण कोरियाली जनताको शान्तिको चाहनालाई बेवास्ता नगर्न पनि अमेरिकी प्रशासनलाई आग्रह गर्नुभयो । (रासस–सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
२०८२ असार २८, शनिबार
सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
२०८२ असार २८, शनिबार
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
२०८२ असार २८, शनिबार
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार