असार २८, २०८२ शनिबार July 12, 2025

फेब्रुअरीमा अमेरिकी खुद्रा बिक्रीमा तीन प्रतिशतले गिरावट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ ।अमेरिकी बाणिज्य मन्त्रालयले मङ्गलबार सार्वजनिक तथ्याङ्क अनुसार फेब्रुअरीमा खुद्रा बिक्री दरमा कमी देखिएको हो । यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा व्याख्या गरेका छन् ।

फेब्रुअरीमा अमेरिकी प्राय शहरहरूमा अत्यधिक चिसो हुने कारण व्यवसायहरू नियमित नचल्दा खुद्रा बिक्री कम देखिनु अन्य वर्षजस्तै यो बर्ष पनि स्वभाविक रहेको बाणिज्य मन्त्रालयका एक अधिकारीले बताए ।

विश्वव्यापी महामारीका कारण प्रभावित खुद्रा तथा अन्य व्यवसायिक गतिविधिमा सुधार आउने पूर्वानुमान विपरीत व्यवसायिक गतिविधि कम हुनुलाई अमेरिकी सञ्चारमाध्यमले प्रमुख समाचार स्रोतका रूपमा प्रकासन तथा प्रशारण गरेका छन् ।

सन् २०२० मा कोभिड–१९ का कारण अत्यधिक प्रभावित अमेरिकी व्यवसायमा अझै पनि सुधार नआउनुलाई अमेरिकी जनतामा कोभिड सङ्क्रमणको भय अझै कायम रहेको भनी कतिपय अधिकारीले बताएका छन् । अधिकारीहरूले महामारीविरूद्धको खोप अभियानसँगै घरायसी खर्चमा वृद्धि हुने र यसबाट व्यवसायहरूलाई राहत मिल्ने बताएका भएपनि अझै अपेक्षाकृत नतिजा आउन नसकेको उनीहरूको दावी छ ।

तथ्याङ्कले कार, फर्निचर, विद्युतीय सामान जनवरीमा ७.६ प्रतिशत विक्री प्रवद्र्धन भएपनि फेब्रुअरीमा अन्य थुप्रै सूचीहरूमा फराकिलो गिरावट पुष्टि गरेको छ ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार