बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

रुसी विदेश मन्त्रीले अर्को साता चीनको भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन आउन लागेकाे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गरेका हुन् ।

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ। कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया