असार २४, २०८२ मंगलबार July 8, 2025

लोकसेवा आयोगः पदाधिकारीको कार्यकाल पाँच दिनमात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लोकसेवा आयोगका सबै पदाधिकारीको कार्य अवधि चैत १० गते सकिँदैछ। त्यसकारण चैत ११ बाट लोकसेवा आयोग पदाधिकारीविहीन बन्ने आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए। आयोगमा हाल अध्यक्ष उमेश मैनाली र चार सदस्य ब्रिन्दा हाडा, अशोक झा, ब्रह्मदेव राय र कृष्णचन्द्र झा कार्यरत छन्। उनीहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा २०७१ चैत ११ गते भएको थियो। संवैधानिक आयोगका पदाधिकारीहरूको सेवा अवधि ६ वर्षको हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आयोगमा कार्यरत पाँचै पदाधिकारीको सेवा अवधि एकै दिन चैत १० गतेबाट पूरा हुने भएको हो। आयोगका अनुसार उनीहरूले चैत १० गतेसम्म हाजिर गर्नेछन्।

संवैधानिक परिषद्को सिफारिसमा आयोगमा एक अध्यक्ष र चार सदस्य नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। तर संविधान जारी हुनुअघि नै आयोगमा हाल कार्यरत पदाधिकारीहरूको नियुक्ति गरिएको थियो। तत्कालीन अवस्थामा एक अध्यक्ष र ६ जना सदस्य नियुक्त गरिएको थियो। संविधान जारी भएपछि पनि त्यसअघि नियुक्त पदाधिकारीलाई कायम राखिएको थियो। त्यसकारण आयोगमा आवश्यकभन्दा बढी दुई पदाधिकारी कार्यरत थिए। ६ पदाधिकारीमध्ये गोविन्द कुसुम एक वर्ष पहिले र श्रीपुरुष ढकालले करिब चारमहिना पहिले उमेर हदका कारण सेवाबाट बाहिरिएका थिए। कुसुम र ढकालले राजीनामा गरेपछि आयोगमा पाँच पदाधिकारी कार्यरत छन्। संवैधानिक आयोगका पदाधिकारीको उमेर हद ६५ वर्ष हो।

तत्काल संवैधानिक परिषद्को बैठक बस्ने अवस्था छैन। त्यसैले केही दिनमै आयोगले पदाधिकारी पाउने सम्भावना कम छ। पदाधिकारी नहुँदा आयोगले गर्ने कार्यसम्पादनमा प्रभाव पर्नेछ। ‘पदाधिकारीविहीन हुँदा आयोगले गर्ने कार्यसम्पादनमा ठूलो प्रभाव पर्न सक्छ,’ प्रवक्ता सुवेदीले भने। निजामती सेवा ऐन, २०४९ मा निजामती सेवामा सचिव बढुवाको सिफारिस गर्न आयोगका अध्यक्षले बढुवा समितिको अध्यक्षता गर्नुपर्ने व्यवस्था छ।

तर सहसचिव, उपसचिव तथा शाखा अधिकृत तहमा बढुवाको सिफारिस गर्न आयोगका अध्यक्ष या अध्यक्षले तोकेको आयोगको एक सदस्यले बढुवा समितिको अध्यक्षता गर्नुपर्ने ऐनमा व्यवस्था छ।

बढुवा समितिले बढुवा सिफारिस गर्ने र सम्बन्धित सेवा समूह सञ्चालन गर्ने मन्त्रालय समितिको सचिवालय रहने ऐनमा व्यवस्था छ। तर आयोग पदाधिकारीविहीन हुँदा कर्मचारीको बढुवाको नियमित प्रक्रियामा प्रभाव पर्ने भएको छ। यसबाट बढुवा समितिले गर्ने कार्यसम्पादन प्रभावित हुने भएको छ। चैत १० गतेबाट बढुवा समितिले गर्ने काम प्रभावित हुने भएपछि आयोग पदाधिकारीविहीन हुनुभन्दा पहिले नै हाल बढुवा समितिले हरेक दिनजसो कर्मचारीहरूको बढुवाको सिफारिस गरेको छ। आयोगका प्रवक्ता सुवेदीले भने नियमिति प्रक्रियाअनुसार रिक्त स्थान पूरा गर्न बढुवा गरिएको बताए। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार