असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादी त्याग गर्ने मन्त्रीहरुको संसद सदस्यता खारेज गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका नेताहरुलाई कारवाही गरेको निर्णय एक दुई दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ।

नेकपा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका र नेकपा भंग भएपछि पनि त्यसलाई निरन्तरता दिएका मन्त्रीहरुलाई कारवाही गर्ने तयारी माओवादी केन्द्रले गरेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एक–दुई दिनमै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसबाट उनीहरुलाई कारवाहीको औपचारिक निर्णय गरिनेछ।

उनले भने, ‘हामीले आफ्नो पार्टीमा फर्किनलाई आव्हान गरेको हो। आफ्नो धारणा सार्वजनिक गर्न औपचारिक आग्रह पनि गरेको हो। तर कुनै पनि जवाफ आएन। अब बैठकबाटै औपचारिक निर्णय गर्छौ।’

नेकपा रहँदा माओवादी केन्द्र पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट ओलीको पक्षमा उभिएका थिए। ओलीको संसद विघटन गर्ने निर्णयको समर्थनमा पनि उनीहरु उत्रिएका थिए।

संसद विघटनपछि ओलीले मन्त्रीमपरिषद बिस्तारका क्रममा माओवादी केन्द्र पृष्ठभूमिका मणि थापा, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साहलाई मन्त्री बनाएका थिए। सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला सुनाए पनि उनीहरुले ओलीप्रतिको समर्थन जारी रहेको सुनाएका थिए।

फागुन २३ गते सर्वोच्चले नेकपाको दर्ता खारेज गरेपछि उनीहरुले आफ्नो सांसद पद गए पनि माओवादी केन्द्रमा नफर्कने अडान लिएका छन् । माओवादी केन्द्रले अब उनीहरु आफ्नो पार्टीमा नफर्कने निश्चित भएको निष्कर्ष निकाल्दै उनीहरुको संसद सदस्यता खारेज गर्ने निर्णय गर्न लागेको हो। देशसञ्चार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार