असार २४, २०८२ मंगलबार July 8, 2025

बिदा थपियो : घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।

आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । विभिन्न जनजातिले आफूहरूको चाडमा राष्ट्रिय बिदा दिन माग गरे पनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ । प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

अन्य बिदा यथावत्

अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन् । ५२ वटा शनिबारबाहेक १ वैशाखमा नयाँ वर्षको बिदा हुनेछ । त्यस्तै, महाशिवरात्रि र फागुपूर्णिमामा दिँदै आइएको मुलुकभरि बिदा कायमै राखिएको छ ।  आगामी वर्ष असोजको अन्तिम साता दसैँ छ । २६ असोजमा फूलपाती, २७ मा महाअष्टमी, २८ मा महानवमी र २९ असोजमा विजया दशमी छ । दसैँको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने गरिएकोमा ३० असोजमा शनिबार परेको छ ।

तिहारमा तीन दिन बिदा हुनेमा आगामी वर्ष चार दिन हुनेछ । १८ कात्तिकमा लक्ष्मीपूजा, १९ कात्तिकमा गोरु तिहार र २० कात्तिकमा भाइटीका छ । २१ कात्तिकमा पनि सरकारले बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय दिवसअन्तर्गत १५ जेठको गणतन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पनि बिदा कायम राखिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, विश्व मजदुर दिवस, संविधान दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको देशव्यापी बिदा कायमै छ । जन्मजयन्तीमध्ये बुद्धजयन्तीमा मात्र सार्वजनिक बिदा हुनेछ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार