असार २४, २०८२ मंगलबार July 8, 2025

सावधान ! दोस्रो लहरको जोखिम बढ्यो, सर्तक रहनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि संक्रमणको थप जोखिम बढेको हो । यसअघि पनि पहिलो चरणमा भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि त्यसको अत्यधिक असर देखिएको थियो ।

यसपटक पनि भारतमा संक्रमितको संख्या अत्यधिक बढ्नु तथा नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिका कारण संक्रमणको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका हुन् ।

केही दिनयता नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दोक्रममा रहेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्याकंमा भारतमा ३ लाख ९ हजार ८७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल जोखिममा रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालमा दोस्रो लहर भित्रिने बताए । उनले भने, ‘भारतमा कोरोना महामारीको दोस्रो लहरको संकेत देखिएको छ । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेर दोस्रो लहर रोकथाम गर्नु जरुरी छ । संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदीले भिडभाडमा बस्दा संक्रमण फैलिने भन्दै सचेत रहनुपर्ने बताए । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार केही दिनयता भारतका महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढ, उत्तरप्रदेशमा संक्रमण दर बढ्दो छ । यसैबीच, सरकारले भारतबाट आउने १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ ।

संक्रमण दर घटे पनि जोखिम कायम नै रहेकाले संक्रमणको दोस्रो लहर आउन सक्ने देखिएको छ । संक्रमण दर घटेको देखिएपछि केही दिनयता आम नागरिकले जनस्वास्थ्यका मापदण्ड मिच्दै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको समुचित प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम राख्नुपर्ने बताउँदै आए पनि कार्यान्वयनमा आउन सकेको आजको राजधानी दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार