श्रावण ३, २०८२ शनिबार July 19, 2025

गाउँपालिकाले एक साता फागु महोत्सव गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पाको रिब्दीकोट गाउँपालिकाले एक साता फागु महोत्सव गर्ने भएको छ । यही चैत १० देखि १७ गतेसम्म फागु महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय रुपमा परम्परादेखि नै चल्दै आएको फागु संस्कृतिको संरक्षण गर्न फागु महोत्सव गर्न लागिएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । फागु महोत्सवमा पालिकाभित्रका वडामा प्रचलित फागु नाच, लोकनृत्य, झ्याली, पन्चेबाजालगायतका सांस्कृतिक कार्यक्रम हुनेछ ।

फागु महोत्सवका अवसरमा विभिन्न कार्यक्रम समेत राखिएको छ । महोत्सव मूल आयोजक समितिका अनुसार सरसफाई, रक्तदान, भलिवल प्रतियोगिता, अन्तरक्रिया, लोकनृत्य प्रतियोगिता, चीर पोल्ने कार्यक्रम, फागु उत्सव, सांस्कृतिक कार्यक्रम हुनेछ ।यस क्षेत्रको सांस्कृतिक पर्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्न फागु महोत्सव सफल हुने अपेक्षा गरिएको छ ।

महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवं भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले फागु महोत्सवले परम्परादेखि नै चल्दै आएको फागु संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार