काठमाण्डौंः राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्राडा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं. सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा डा. पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले छ ।
देशभर धार्मिक क्षेत्रमा अध्ययन अनु्सन्धान गर्दै आएको र ७७ जिल्लामा सङ्गठन विस्तार गरिएको धर्मसभाका सचिवद्वयमा डा. पुरुषोत्तम भट्टराई र पं लेखनाथ न्यौपाने तथा कोषाध्यक्षमा देवीप्रसाद पाठक चयन हुनुभएको छ ।
यसैगरी केन्द्रीय सदस्यमा पूर्वराज्यमन्त्री कान्ता भट्टराई, प्रा. वासुदेव आचार्य, लोकराज पौडेल, पं कृष्णप्रसाद खनाल, सहप्रा डा माधवप्रसाद पाण्डेय, पुष्पराज पुरुष, भरत शर्मा, आचार्य शिवशङ्कर न्यौपाने, पं. डिल्लीराम गौतम, आचार्य सन्तोष वाशिष्ठ, आचार्य लक्ष्मण पन्थी, रामदरेश राय, अनन्तहरि आचार्य, डा. बलराम रेग्मी, ज्यो. खिलानाथ काफ्ले, टेकराज पनेरू, रामनाथ अधिकारी, कमलादेवी धिताल, सीता खड्का र विक्कीजङ्ग राणा निर्वाचित हुनुभएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया