असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादी केन्द्र अलमलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने विषयमा अलमलमा परेको छ। प्राविधिक रूपमा सरकार अल्पमतमा परिहालेको छैन तर नेकपा एकीकरण बदर भई साबिकका माओवादी केन्द्र र एमाले ब्युँतिएपछि संकटमा भने परेको छ। माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा पर्छ तर माओवादी केन्द्र समर्थन फिर्ता लिने अथवा अविश्वास प्रस्ताव लैजाने भन्ने विषयमा अनिर्णीत देखिएको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले स्थायी कमिटी बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने बताए। ‘हामी स्थायी कमिटीको बैठक बस्ने तयारीमा छौं। सम्भवतः भोलि (मंगलबार) बैठक बस्छ। त्यही बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल हुनेछ’, उनले भने।

प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव आएमा सामना गर्ने तयारीमा छन्। उनी जनता समाजवादी पार्टीसँग सहकार्य गरेर सरकार सञ्चालन गर्ने दाउमा छन्। एकपटक अविश्वासको प्रस्ताव ल्याएर असफल भयो भने एक वर्षसम्म फेरि यस्तो प्रस्ताव ल्याउन पाइँदैन। यही कारण पनि माओवादीले तत्काल अविश्वास प्रस्ताव ल्याउन आनाकानी गरिरहेको स्रोतको दाबी छ। माओवादीले कांग्रेस र जसपासँग सत्ता सहकार्यका लागि प्रस्ताव भने गरिसकेको छ। जसपाको एउटा पक्ष ओलीसँग नरम रहेका कारण माओवादी अविश्वासको प्रस्ताव ल्याउन हच्किरहेको छ। माओवादी स्रोतका अनुसार पार्टी आफैंले अविश्वासको प्रस्ताव ल्याउँदा प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्ने र प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई प्रस्ताव गर्दा कांग्रेसको समर्थन आवश्यक पर्ने हुन्छ।

कांग्रेसले नै सरकारको नेतृत्व गरोस् भन्ने चाहना माओवादीमा भएका कारण पनि संसद्मा अविश्वास प्रस्ताव नआएको स्रोतले बतायो। ‘कांग्रेसको धारणा पर्खंदा ओली सरकारको आयु लम्बिएको हो’, माओवादीका एक स्थायी कमिटी सदस्यले भने।

कांगेसले अविश्वासको प्रस्ताव ल्याउने र सकारको नेतृत्व गर्ने बेला भइनसकेको बताएको छ। संसद् पुनर्स्थापना भएदेखि नै ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भएपनि कांगे्रस र जसपाले साथ नदिँदा टरेको थियो। अहिले पनि अविश्वास प्रस्ताव ल्याउन कांग्रेस–माओवादीमा सक्रियता देखिएको छैन। उता ओलीले आफ्नै पार्टीका नेताहरूलाई कारबाहीको तयारी थालेका छन्। एमालेभित्र आन्तरिक द्वन्द्व चर्किरहेका बेला माओवादीले अविश्वासको प्रस्ताव ल्याए ओलीले पार्टीमा ह्विप लगाउन सक्ने र माधव नेपाल पक्षका नेताहरू सदनमा अनुपस्थित हुनसक्ने सम्भावना छ। यस्तो बेलामा प्रमुख प्रतिपक्षी र माओवादीले अविश्वासको प्रस्ताव पेस गरेमा पास हुने सम्भावना रहेको बताइएको छ। नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार