असार २४, २०८२ मंगलबार July 8, 2025

सिआइबीको ध्यान कमिसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गम्भीर किमिसका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) पछिल्लो समय चेक बाउन्सका मुद्दामा केन्द्रीत भएको छ । चेक बाउन्ससम्बन्धि मुद्दामा अदालतले दोषी ठहर गरेकाहरुलाई पक्राउ गर्नु सिआइबीको धन्दा हुँदै आएको छ ।

चेक बाउन्स लेनदेनसम्बन्धि मुद्दा भएपनि पछिल्लो समय बैंकिङ कसुरमा अभियोग दर्ता हुने गरेको छ । यस्ता मुद्दामा चेक नै सबैभन्दा ठूलो प्रमाण हुने गरेको छ । ९९ प्रतिशत मुद्दामा उच्च अदालतले दोषी ठहर गरेको तथ्याङक छ । उपत्यकामै हरेक दिन यस्ता २-३ वटा मुद्दा दर्ता हुने गरेको छ । हाल पुराना मुद्दाको धमाधम फैसला भइरहेको छ । ती फैसला खोज्दै सिआइबीले यस्ता मुद्दामा अभियुक्तहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।

सिआइबीले आइतबार मात्र ललितपुरका पूर्ण लामालाई पक्राउ गरेको छ । उनलाई २० लाख जरिवाना र १५ दिन कैद सजाय भएको थियो । गत साता महेन्द्रनारायण श्रेष्ठ र लाक्पा लामालाई पक्राउ ग¥यो । श्रेष्ठलाई २० लाख तथा लामालाई १० लाख ३५ हजार जरिवाना तोकिएको थियो । दुवैलाई ४-४ दिन मात्र कैद सजाय भएको छ ।

त्यस्तै एक महिना कैद र एक करोड ८६ लाख जरिवाना सुनाइएका उपेन्द्र ढुंगाना पनि गत साता पक्राउ परे । ९ लाख ५० हजार जरिवाना र दुई दिन कैद सजाय सुनाइएका विजयकुमार श्रेष्ठलाई ब्यूरोले २ चैतमा पक्राउ गरेको थियो ।

अदालतले दोषी ठहर गरी फरार रहेका अपराधी पक्राउ गर्ने अभियान अन्र्तगत सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो । जबकि अदालतले दोषी गरेका गम्भीर मुद्दाका अपराधी पक्राउ पर्न सकेका छैनन् । चेक बाउन्स मुद्दामा परेकाहरु नभाग्ने भएकाले उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई सजिलो छ ।

अझ सिआइबीले यसमा चासो दिनुका पछाडी कमिसन मुख्य कारण भएको बताइन्छ । यसरी फरारलाई पक्राउ गर्दा उनीहरुलाई तोकिएको जरिवानाको २५ प्रतिशत कमिशन प्रहरीले पाउँछ । सोही कमिसनका लागि सिआइबी गम्भीर मुद्दा छाडेर पछिल्लो समय चेक बाउन्सका मुद्दाको पछि लागेको छ । यसले सिआइबीको छवीमा भने धक्का लागेको छ । दृष्टीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार