असार २४, २०८२ मंगलबार July 8, 2025

आईपीओमा बुक बिल्डिङ विधि : पहिलो कारोबारका लागि ओपनिङ रेन्ज तोक्ने विषयमा नीतिगत अन्योल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरी सर्वसाधारण शेयर निष्कासन गर्न दिने व्यवस्था गरेसँगै हाल सर्वाेत्तम सिमेन्टलगायत कम्पनीले सोही विधिबाट आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । तर, त्यस्ता कम्पनीको शेयर दोस्रो बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि पहिलो शेयर कारोबारका लागि ओपनिङ रेन्ज निर्धारण गर्ने विषयमा नीतिगत अन्योल देखिएको छ ।

हाल अंकित मूल्यमा नै शेयर निष्कासन गरेका कम्पनीको पहिलो शेयर कारोबार मूल्यको सीमा सम्बद्ध कम्पनीको प्रतिशेयर नेटवर्थको आधारमा निर्धारण गरिन्छ । प्रतिशेयर नेटवर्थ बराबरको विन्दुदेखि त्यसको ३ गुणा बढीसम्म नेप्सेले सम्बद्ध कम्पनीको पहिलो शेयर कारोबारका लागि ओपनिङ रेन्ज तोक्ने नीतिगत व्यवस्था छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेर दोस्रो बजारमा आउने कम्पनीको पहिलो शेयर कारोबारका लागि सीमा निर्धारण गर्न नेप्सेले यस्तै नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ । तर, हालसम्म त्यस्तो व्यवस्था भएको पाइँदैन ।

बुक बिल्डिङ विधिमा आईपीओको मूल्य बजार आफैले नै मूल्य निधारण गर्न सक्छ । बोर्डले तोकेका योग्य संस्थागत लगानीकर्ताले लिन चाहेको मूल्यबाट सम्बद्ध कम्पनीको शेयरको कट अफ प्राइस निर्धारण गरिन्छ । र, सोही मूल्यमा नै सम्बद्ध संस्थागत लगानीकर्तालाई शेयर विक्री गरिन्छ । त्यसपछि सर्वसाधारणलाई भने सोही कट अफ प्राइसको १० प्रतिशत कम मूल्यमा आईपीओ निष्कासन गरिन्छ ।

यसरी आईपीओ जारी गर्ने कम्पनीले ४० प्रतिशत आईपीओ अनिवार्य रूपमा संस्थागत लगानीकर्तालाई विक्री गर्नुपर्ने हुन्छ । उनीहरूलाई विक्री गर्दा तय हुने ‘कट अफ मूल्य’ को १० प्रतिशत कम मूल्यमा ६० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गर्ने व्यवस्था छ ।

यसरी शेयर विक्री गर्दा शेयरको मूल्य अंकित मूल्य (रू.१००) भन्दा बढी पर्छ । प्रतिशेयर नेटवर्थको आधारमा मूल्य निर्धारण गर्दा प्राथमिक बजारमा शेयर पाउने व्यक्ति घाटामा पनि पर्न सक्ने अवस्था हुन्छ । तर, बढी मूल्यमा कारोबार खुलाउन नीतिगत व्यवस्था छैन । त्यसैले यसको पहिलो शेयर कारोबारका लागि मूल्य निर्धारण गर्न अन्योल देखिएको हो ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीका अनुसार यसका लागि नेप्सेले नै नीतिगत रूपमा व्यवस्था गर्नुपर्छ । र, त्यसलाई धितोपत्र बोर्डले स्वीकृति पनि दिनुपर्छ । हाल बुक बिल्डिङबाट शेयर निष्कासन गरेका कम्पनीको पहिलो शेयर कारोबारका लागि मूल्य निर्धारण गर्ने मामलामा कुनै पनि नीतिगत व्यवस्था नभएको उनको भनाइ छ । हाल यस विषयमा नेप्सेसँग सहकार्य गरेर आवश्यक व्यवस्था गर्न लागिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलवार आयोजना गरेको नाफिज संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘यस मामलामा विदेशी स्टक मार्केटमा भएका अभ्यासको पनि अध्ययन गर्दै छौं । कतिपय स्टक मार्केटमा कट अफ प्राइसलाई नै आधार मानेको पाइन्छ,’ आर्थिक अभियानसँग उनले थप भने, ‘अब यस मामलामा नेप्सेसँग सहकार्य गरेर उचित व्यवस्था गर्छाैं ।’

नेप्सेका सीईओ चन्द्रसिंह साउदले भने बुक बिल्डिङमा तय हुने ‘कट अफ प्राइस’लाई नै आधार मानेर पहिलो कारोबारको रेन्ज तोकिने बताए । ‘बुक बिल्डिङमा तय हुने कट अफ प्राइसलाई नै एलटीपी (लास्ट ट्रेडिङ प्राइस) मानेर कारोबार खुला गर्न सकिन्छ । यसमा थप नीतिगत व्यवस्था गर्नुपर्छ जस्तो लाग्दैन,’ आर्थिक अभियानसँग उनले भने ।

कार्यक्रमा बोर्डका कार्यकारी निर्देशक गिरीले शेयरबजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मूल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ । यो व्यवस्था कार्यान्वयनमा आएसँगै पूँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्य कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बीमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि शेयरबजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको अंश बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकीर गरे ।

धितोपत्र निष्कासनका लागि गराएको रेटिङमा औसतभन्दा माथि अर्थात् औसतभन्दा कम जोखिम भएको, चुक्ता पूँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न पाउनेछन् । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार