असार २४, २०८२ मंगलबार July 8, 2025

आठ मन्त्रालय दिन, जसपा माग पूरा गर्न प्रधानमन्त्रीको चासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका शीर्ष नेताहरूसँग कुराकानी गरेका छन्।

जसपा नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो। ‘मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो’, महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीसँगको भेटमा कार्यदलका सबै सदस्य उपस्थित थिए। कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराइ छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। कुराकानीमा प्रधानमन्त्री, जसपा अध्यक्ष महन्थ ठाकुर र महतो सहभागी थिए। प्रधानमन्त्रीसँग सहकार्य गर्न नचाहने जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन्। भट्टराई र यादवलाई छलफलबारे जानकारी गराइएको महतोले बताए।

प्रधानमन्त्रीले जसपाका नेताहरुलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जसपा नेताले भने माग पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने विषयमा छलफल गर्ने बताएका थिए ।

भेटमा प्रधानमन्त्रीले जसपाका नेताहरूसँग सरकारमा आउन आग्रह गरेका थिए। ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरूले उठाएका माग पूरा गर्छु भन्नुभयो’, महतोले भने, ‘तर हामीले माग पूरा गर्नुभयो भने मात्र सरकारमा सहभागी हुने विषयमा छलफल गर्छौं भन्यौं।’

स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री तयार भएका छन्। महतोले भने यसबारेमा कुराकानी नै नभएको दाबी गरे।

जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीको रिहाइका लागि वातावरण बनाउनुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने तथा संविधान संशोधनको माग राख्दै आएको छ। आजको नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार