असार २४, २०८२ मंगलबार July 8, 2025

चिनियाँ अनुदानको आठ लाख  डोज खोप सोमबार आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार बिहान चीन जाँदै छ । अनुदानको सो खोप बेइजिङमा तयार अवस्थामा छ । १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएको चीनले १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।

सरकारले त्रिभुवन विमानस्थलमा सघन उपचार कक्षसहितको हेल्थ डेक्स बनाउने प्रक्रिया छिटै सुरु गर्ने भएको छ । हेल्थ डेस्क रहने भवनका लागि जग्गा उपलब्ध भइसकेकाले टेन्डर निकाल्ने तयारी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अघिल्लो वर्ष माघमा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले विमानस्थलमा सुविधासम्पन्न हेल्थ डेस्क बनाउने निर्णय गरी बजेटमा समावेश गरेको थियो । तर, विमानस्थलले जग्गा नदिएपछि काम अगाडि बढ्न पाएको थिएन । विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नयाँ पत्रिकासँग भने, ‘त्रिभुवन विमानस्थलले जग्गा दिएको छ । अब चाँडै टेन्डर भई काम अगाडि बढ्छ ।’

कोरोनाको दोस्रो लहर विश्वसँगै छिमेकी भारतमा पनि देखिएपछि सरकारले तत्काल हेल्थ डेस्क बनाउने निर्णय गरेको हो । हेल्थ डेस्कका लागि १८ जनाको दरबन्दी स्वास्थ्य मन्त्रालयबाट हालै स्वीकृत भएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ६–७ हजार मानिस नेपाल भित्रिने गरेका छन् ।

अहिलेसम्म जम्मा २३ लाख डोज खोप आयो

– भारतबाट प्राप्त अनुदान : १० लाख
– कोभ्याक्स सुविधामार्पmत : २२ लाख घोषणा भएकोमा ३ लाख ४८ हजार प्राप्त
– सिरमसँग सरकारले खरिद गरेको : २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेकोमा १० लाख मात्र प्राप्त
– हालसम्म प्राप्त जम्मा : २३ लाख ४८ हजार
– अहिलेसम्म प्रयोग भएको : १६ लाख ७३ हजार
– बाँकी खोप : ६ लाख ७४ हजार
– आउन बाँकी : चिनियाँ अनुदान ८ लाख डोज

नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा १२ सातापछि (७ वैशाखमा) मात्र लगाउने सरकारी तयारी छ । नयाँ पत्रिका 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार