श्रावण ३, २०८२ शनिबार July 19, 2025

काभ्रेपलाञ्चोकको सङ्कटा जात्रा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने सङ्कटा माईको जात्रा आइतबार सम्पन्न भएको छ । नगरभित्रका स्थानीयबासिन्दाहरुको सहभागिता रहेको जात्रामा रथ यात्रा गर्दै बजार परिक्रमा गरी बेलुकापख मन्दिरमा जम्मा भएर दर्शन गर्ने र सामूहिक भोज गर्ने गरिन्छ ।

यस वर्ष पनि विगतमा झैँ भिन्तुना ग्रुप पनौतीको अगुवाईमा जात्रालाई निरन्तरता दिइएको हो । बेलुकीपख पनौतीको सङ्कटा भवानीको मन्दिरमा पुगेर जात्रा समापन गरेपछि पनौती आसपासका ठाउँमा खेलिने गरेको होली पर्व सम्पन्न भयो भन्ने सङ्केतका रूपमा सो जात्रा मनाइँदै आएको भिन्तुना ग्रुप पनौतीका अध्यक्ष प्रवीण कर्माचार्यले बताउनुभयो ।

विशेषगरी नेवार समुदायको प्रधानाङ्गहरुको अगुवाईमा मनाइने गरेको सो जात्रा पछिल्लो समयमा पनौतीका नेवार समुदायका सबैले मान्ने गरेको उहाँको भनाइ छ । “प्रधानाङ्गको अगुवाइमा परम्परागतरूपमा चल्दै आएको जात्रा केही वर्षदेखि रोकिएपछि भिन्तुना ग्रुपको अगुवाइमा मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “सबै मिलेर पुनः शुरु गरेको यो दशौँ पटकको जात्रा हो ।”

पनौती नगरपालिकाअन्तर्गत जात्रा तथा पर्व मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले सामूहिकतामा जोड दिएर नगरभित्र व्यवस्थित गर्दै मनाइँदै आएको जात्रामध्येको सङ्कटा जात्रा पनि एक भएको बताउनुभयो । नगरभित्र मनाइने जात्रा नगरको सांस्कृतिक, धार्मिक र परम्परागत पहिचानको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेकाले नगरपालिकाकै समन्वयमा व्यवस्थापन समिति नै गठन गरी जात्रा मनाउँदै आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार वर्षमा ६६ वटा जात्रा तथा पर्व मनाइने गरिन्छ । नगरपालिकाले जात्रा तथा पर्व मनाउनलाई वार्षिक रु ३५ लाख बजेट छुट्याउँदै आएको छ । “जात्रालाई व्यवस्थित गरी मनाउनका लागि नगरपालिकाले छुट्याएको बजेटबाट जात्रामा समुदायको उपस्थिति र लाग्ने खर्चको आधारमा व्यवस्थापन गरी जात्रा तथा पर्व मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “जात्रामा रमाइलो हुनेभएपछि सङ्कटा जात्रामा पनौतीका चेलीबेटीहरुको उपस्थिति धेरै हुने गरेको छ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार