काठमाण्डौः एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् ।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएपछि आक्रोशित बनेका नेपालले ओलीबिरुद्धमा देशव्यापी रूपमा उत्रिन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
नेता नेपालले ओली आफैँले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै उनलाई कारबाही गर्ने अधिकार नै नभएको जिकिर गरेका छन् । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कारबाही गर्ने अधिकार नहुने उनले बताए ।
ओलीको पार्टी हितविपरीतका गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेता नेपालले जनाए । संगठनलाई शसक्त बनाउँदै ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन हुने बताउँदै उनले त्यसका लागि नेताकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया