असार २४, २०८२ मंगलबार July 8, 2025

विवादका बीच कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग – महाधिवेशन कार्यतालिका संसोधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र नयाँ सरकारका लागि ओलीको विकल्प दिन आफ्नै नेतृत्वमा पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ, प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउनेगरी पहल गर्ने निर्णय कांग्रेस बैठकले गरेको हो,’ कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य पौडेलले राजधानीसँग भने ।

शुक्रबार दिउसो २ बजेका लागि बोलाइएको बैठक एजेन्डामा सहमति जजुटेपछि राति ८ बजेपछि सुरु भएको थियो । बैठकको एजेन्डामा सरकारको विकल्प खोज्नेबारे विषय समावेश नभएपछि कांग्रेसभित्र विवाद देखिएको थियो ।

सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवासहितका नेता शीर्ष तहमा छलफलमा बसेका थिए ।

शीर्ष तहको छलफलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने विषय बैठकको एजेन्डा बनाउने सहमति भएपछि कांग्रेसले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव लगेर निर्णय गरेको हो ।

महाधिवेशन कार्यतालिका संसोधन

कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउने समयसमेत थप गरेको छ । नयाँ तथा पुराना क्रियाशील सदस्यको विवरण गत १० चैतसम्म केन्द्रमा बुझाउन कांग्रेसले समय तोकेको थियो । तर, शुक्रबारको बैठकले सो समय चैत महिनाभित्रलाई थप गर्ने निर्णय गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका अनुसार हालसम्म ६८ जिल्लाले मात्रै कांग्रेसले तयार गरेको अनलाइन प्रविधिमा सदस्यतासम्बन्धी विवरण पठाउन सुरु गरेका छन् । अझै नौ जिल्लाले सदस्यताको विवरण नै पठाउन सुरु गरिसकेका छैनन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार हालसम्म करिब ५ लाख नयाँ तथा पुराना सदस्यको विवरण अनलाइन प्रणालीमा इन्ट्री भइसकेको छ ।

शुक्रबारको बैठकमा कार्यतालिका हेरफेरसम्बन्धी प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका थिए । यस्तै, बैठकमा अन्य पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्ताको समायोजनका विषयलाई समेत अन्तिम रूप दिने विषयमा सहमति जुटेको छ । सोसम्बन्धी प्रस्ताव बैठकमा उपसभापति विमलेन्द्र निधिले लगेका थिए ।

जसअनुसार सहमहामन्त्री सुनिल थापा समूहलाई ४८ जिल्लामा १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने निर्णय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट थापा गत भदौमा कांग्रेस प्रवेश गरेका थिए । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार