असोज ११, २०८३ आइतबार September 27, 2026

गुगल म्यापमा फेरि ‘कम्पास’ फिचर राखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गुगलले समय समयमा नयाँ फिचरहरु ल्याउने गरेकाे छ । यसमध्ये कतिपय सधैंका लागि सामावेश हुन्छन्, त कुनै केही समयपछि हटाइन्छ । यसरी केही समयमै हटाउनुको कारण उक्त फिचर त्यति लोकप्रिय नभएको अथवा प्रयोगकताले नरुचाएका कारण नै हुन् ।

साथै समयअनुसार आवश्यकता पनि परिवर्तन हुने हुँदा केही समयपछि केही फिचर हटाउनुपर्ने पनि हुन्छ । तर, गुगलको हकमा भने उल्टो भएको छ । गुगलले सन् २०१९ मा गुगल म्याप्समा ‘कम्पास’ फिचर हटाएको थियो ।

प्रयोगकर्ताले उक्त फिचर रुचाउँदा रुचाउँदै पनि कम्पनीले गुगल म्याप्सबाट त्यसलाई हटाएपछि धेरै प्रयोगकर्ताले यसमा गुनासो व्यक्त गरेका थिए । कारण थियो, उक्त कम्पासले प्रयोगकर्तालाई गुगल म्याप्स प्रयोग गर्दा कता जाने भन्ने विषयमा दिशा देखाउने गर्थ्यो ।

यसको अर्थ गुगल म्याप्स प्रयोग गर्दा गुगलले तपाईंलाई लोकेशन दाँया अथवा बाँया जानका लागि भन्छ । तर, कहिले काहिँ दायाँ-बायाँ छुट्याउन समस्या हुँदा जानुपर्ने एकातिर, अर्काेतिर पुगिन्छ ।त्यस्तोमा कम्पासले जानुपर्ने साइट इन्डिकेट गर्ने हुँदा प्रयोगकर्तालाई सहजता हुने गरेको थियो ।

तर, गुगलले उक्त फिचर सन् २०१९ बाट गुगल म्याप्समार्फत हटाएको थियो । तर, अब भने कम्पनीले उक्त फिचर एन्ड्रोइड प्रयोगकर्तालाई विश्वव्यापी रुपमा पुनः उपलब्ध गराएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार