श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गुगल म्यापमा फेरि ‘कम्पास’ फिचर राखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गुगलले समय समयमा नयाँ फिचरहरु ल्याउने गरेकाे छ । यसमध्ये कतिपय सधैंका लागि सामावेश हुन्छन्, त कुनै केही समयपछि हटाइन्छ । यसरी केही समयमै हटाउनुको कारण उक्त फिचर त्यति लोकप्रिय नभएको अथवा प्रयोगकताले नरुचाएका कारण नै हुन् ।

साथै समयअनुसार आवश्यकता पनि परिवर्तन हुने हुँदा केही समयपछि केही फिचर हटाउनुपर्ने पनि हुन्छ । तर, गुगलको हकमा भने उल्टो भएको छ । गुगलले सन् २०१९ मा गुगल म्याप्समा ‘कम्पास’ फिचर हटाएको थियो ।

प्रयोगकर्ताले उक्त फिचर रुचाउँदा रुचाउँदै पनि कम्पनीले गुगल म्याप्सबाट त्यसलाई हटाएपछि धेरै प्रयोगकर्ताले यसमा गुनासो व्यक्त गरेका थिए । कारण थियो, उक्त कम्पासले प्रयोगकर्तालाई गुगल म्याप्स प्रयोग गर्दा कता जाने भन्ने विषयमा दिशा देखाउने गर्थ्यो ।

यसको अर्थ गुगल म्याप्स प्रयोग गर्दा गुगलले तपाईंलाई लोकेशन दाँया अथवा बाँया जानका लागि भन्छ । तर, कहिले काहिँ दायाँ-बायाँ छुट्याउन समस्या हुँदा जानुपर्ने एकातिर, अर्काेतिर पुगिन्छ ।त्यस्तोमा कम्पासले जानुपर्ने साइट इन्डिकेट गर्ने हुँदा प्रयोगकर्तालाई सहजता हुने गरेको थियो ।

तर, गुगलले उक्त फिचर सन् २०१९ बाट गुगल म्याप्समार्फत हटाएको थियो । तर, अब भने कम्पनीले उक्त फिचर एन्ड्रोइड प्रयोगकर्तालाई विश्वव्यापी रुपमा पुनः उपलब्ध गराएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार