असार २८, २०८२ शनिबार July 12, 2025

अफगान हवाई आक्रमणमा ३५ लडाकू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् ।

शुक्रबार राति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ । फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् । तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ । मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् ।

सेनाले विद्रोही लडाकूबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।रासस–सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया