असार २४, २०८२ मंगलबार July 8, 2025

नयाँ सरकार गठनको अन्योल उस्तै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा स्पष्ट देखिए पनि कसरी र कुन प्रक्रियाबाट सरकारको नेतृत्वमा जाने भन्ने विषयमा कांग्रेस अस्पष्ट देखिएको छ ।

कांग्रेसले शुक्रबार राति अबेर सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने निष्कर्ष निकालेको थियो तर बैठकले सरकारको नेतृत्व सम्हाल्न आवश्यक पर्ने प्रक्रियाबारे भने ठोस मार्ग अवलम्बन गर्न नसकेको बताइन्छ । सरकारको विकल्प रोज्न तयार रहेका माओवादी केन्द्र र जसपाले कांग्रेसको पछिल्लो निर्णयप्रति ठोस धारणा दिएका छैनन् । उनीहरूको धारणा नआउँदा कांग्रेस सरकारको नेतृत्व गर्ने निर्णयमार्फत प्रस्ट भए पनि प्रक्रियामा अस्पष्ट देखिएको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने अझैसम्म स्पष्ट भइसकेको छैन । यस्तै, जसपा पनि कुन र कस्तो सहमतिमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुन्छ भन्ने स्पष्ट भइनसकेको अवस्था छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए र प्रधानमन्त्रीले समेत राजीनामा नदिए कांग्रेसले नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर प्रधामन्मन्त्रीबाट ओलीलाई बिदा गर्ने दाबी गरे । तर, कांग्रेसले आफ्नो बैठकको निर्णयमा भने सो विषयमा केही उल्लेख गरेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यो विषयमा स्पष्ट निर्णय गराएका छैनन् ।

‘कांग्रेस स्पष्ट छ, ओली सरकारको विकल्प दिन तयार छ, हामी अपोजिसनमा रहेका अन्य दलसँग पनि छलफल गर्छौं, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भए राम्रो, नभए हामी नै अविश्वासको प्रस्ताव ल्याउँछौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भने ।

पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध उभिएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने दाबी गरेका हुन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भने बैठकमार्फत सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भए पनि संख्या पर्याप्त नरहेको बताउँछन् ।

‘सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भएको हो तर संख्या छैन, संख्या कसरी सुनिश्चित गर्ने भन्ने कुराकानी अब होला,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने । जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको निर्णयलाई सकारात्मक रूपमा लिएको भन्दै हिजो आन्दोलनमा उभिएका शक्ति एक ठाउँमा उभिएर नयाँ सरकार गठन गरिने बताए ।

उनले कस्तो र कुन प्रक्रियाबाट नयाँ सरकार गठनका लागि अघि बढ्ने भन्ने विषयमा भने स्पष्ट पारेनन् । ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्दै नयाँ सरकारको नेतृत्व लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्ड–माधव समूहबाट अफर आएको थियो । यस्तै, कांग्रेस पदाधिकारी बैठकले समेत देउवालाई नै नयाँ प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो ।

सभापति देउवाले प्रचण्ड–माधव र आफ्नै नेताको प्रस्तावमासमेत प्रधानमन्त्री प्रस्तावबारे अरुचि देखाउँदै आइरहेका थिए । तर, एकाएक शुक्रबारको बैठकमार्फत कांग्रेसले सरकारको विकल्पमा अघि बढ्न तयार रहने निर्णय गरेको हो । बैठकमा देउवाले नै राजनीतिक अस्थिरताको खतरा बढ्दै गएकाले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने विषयमा पार्टीले अग्रसरता लिनुपर्ने प्रस्ताव गरेका हुन् ।

संसद्को चौथो दल जनता समाजवादी पार्टी भने ओली नेतृत्वको सरकारमा जाने कि विकल्पमा उत्रने भन्नेमा दुई धारमा नै उभिँदै आइरहेको छ । उसले निर्णय लिन नसक्दा कांग्रेस पनि अलमलमा छ भने प्रधानमन्त्री ओलीसमेत जसपाले साथ देला कि धोका भन्नेमा अन्योलमा नै छन् । कांग्रेसले थप अघिको बाटो माओवादी केन्द्र र जसपाको निर्णयबाट लिने नेताहरू बताउँछन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार