असोज ११, २०८३ आइतबार September 27, 2026

काठमाडौं उपत्यकाभित्र ८ जीबी डेटासहितको सिम निःशुल्क बाँड्दै स्मार्टसेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशकै तेस्रो मोबाइल सेवा प्रदायक कम्पनीले आकर्षक डेटा सहितको सिमकार्ड निःशुल्क उपलब्ध गराउन थालेको छ । कम्पनीले आफ्ना स्मार्ट सेन्टरहरुमार्फत यस्तो सुविधा दिन थालेको हो ।

स्मार्ट सेलका अनुसार आफ्नो स्मार्टफोन सहित ग्राहक आफैं स्मार्ट सेन्टरमा पुग्नुपर्नेछ । जहाँबाट उनीहरुले ८ जीबी डेटा सहितको सिमकार्ड निःशुल्क पाउन सक्नेछन् । यद्यपी डेटा सहितको निःशुल्क सिमकार्डका लागि शर्तहरु लागु हुने कम्पनीले स्पष्ट पारेको छ ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमका अनुसार यस्तो सिमकार्डमा ग्राहकले एक्टिभ गर्ने वित्तिकै दुई जीबी र ५ महिनासम्म एक एक जीबी डेटा र २० मिनेट टकटाइम पाउने छन् ।

थप डेटा दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ । त्यसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार