वैशाख २४, २०८१ सोमबार May 6, 2024

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ ।

महासङ्घका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

सर्वाेच्च अदालतको २०६८ जेठ १ गतेको परमादेश विपरीत पशुपतिनाथको वन क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीले शव गाड्ने र पक्की चिहान बनाउने कार्य गरिरहेको हुँदा यस्ता गतिविधि तत्काल रोक्न महासङ्घले माग गरेको हो ।

“नेपालका मौलिक धार्मिक सम्प्रदायमाथि एकपछि अर्को विदेशी विधर्मी आक्रमण भइरहेको अवस्थामा पशुपति जस्तो हिन्दूहरूको आस्थाको केन्द्रमा चिहान बन्नु हाम्रो धर्ममाथिको आक्रमणको रुपमा लिएका छौँ, कोषले यसलाई तत्काल नरोके कडा कदम चाल्न बाध्य हुने छौँ’’, ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि संसदीय अनुगमन समितिले पशुपति क्षेत्रको अनुगमनका क्रममा सांस्कृतिक सम्पदामाथिको अतिक्रमण रोक्न सरोकार भएका निकायलाई निर्देशन दिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार