असार ५, २०८३ शुक्रबार June 19, 2026

उहाँहरू एकता होइन, पार्टीलाई ध्वंस गर्ने बाटोमा हुनुहुन्छ : प्रदीप ज्ञवाली (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टीभित्रको असन्तुष्ट समूहको निर्देशनअनुसार नै कर्णालीमा फ्लोर क्रस भएको हो ?

त्यो प्रस्ट देखिन्छ । कसैको आडभरोसाबेगर त्यहाँ यति गम्भीर तहको गल्ती हुन सक्दैन ।

यसले त पार्टी विभाजन नै भयो होइन ?

केही साथी पार्टी विभाजनमा लागिरहनुभएको छ । उहाँहरूको ध्याउन्न र सेवाभाव अन्यत्रै छ । उहाँहरूले अलग पार्टीका रूपमा अभ्यास गर्न खोज्नुभएको थियो । सडकबाट कारबाही गर्ने जस्ता गतिविधि गर्दै हिँड्नुभयो । फागुन २३ पछि त्यो प्रक्रिया रोकिएला भन्ने सोचेका थियौं । तर त्यो रोक्नुभएन । उहाँहरू एकता होइन, पार्टीलाई ध्वंस गर्ने बाटोमा हुनुहुन्छ ।

गण्डकीमा पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ, अरू प्रदेशमा यस्तो सम्भावना देखियो नि ?

यही निष्कर्षमा पुग्न अझै केही समय पर्खनुपर्ने हुन्छ । पार्टीभित्रका केही व्यक्ति त्यो एक्स्ट्रिममा पुग्नुहुन्न भन्ने सुनिश्चित छैन ।

प्रदेशहरू तरंगित हुन थाले, अब यसको बाछिटा केन्द्र सरकारसम्म पनि आइपुग्छ होला नि ?

केन्द्रीय सरकार हटाउन एक डेढ वर्षदेखि कोसिस भइरहेकै छ । सक्ने/नसक्ने भन्ने मात्र हो । हामीलाई सरकारको भविष्यभन्दा पनि देशको नवस्थापित राजनीतिक प्रणाली र समग्र भविष्यबारे चिन्ता छ । प्रमुख कुरा हामी कस्तो पार्टी निर्माण गर्दै छौं र कस्तो प्रणाली बनाउँछौं भन्ने हो । जसरी पनि मुलुकमा राजनीतिक विकृति नहोस् भन्ने हो । तर केही मानिसको ध्याउन्न नै सरकार बदल्ने र त्यसलाई नै क्रान्ति, लोकतन्त्र ठान्ने विकृत राजनीतिमा छ ।

जनता समाजवादी पार्टीसँग केन्द्र सरकार जोगाउन भइरहेको वार्ताचाहिँ कुन तहमा पुग्यो ?

हाम्रा कुराकानी सरकारको प्रतिरक्षाका लागि मात्र छैनन् । छलफल गर्दै जाँदा त्यो विषय पनि एउटा एजेन्डा होला । हामी संसद्मा रहेका सबै दलसँग रचनात्मक संवादबाट अघि बढ्न चाहन्छौं ।

जनता समाजवादी पार्टीले केही विषय उठाएको छ । संविधानसँग जोडिएका केही प्रशासनिक निर्णयसँग पनि जोडिएका विषय छन् । निष्कर्षमा पुगिसकेका छैनौं । अनुचित सम्झौता गरेर सरकारमा टिकिराख्न जरुरी छैन । मुलुकलाई बर्बाद हुने दिशातर्फ नलैजानका लागि अन्तरविरोध न्यूनीकरण होस् भन्नेमा छौं । हामीले विप्लव र सीके राउतसँग त समझदारी निर्माण गर्‍यौं भने अब संविधानभित्रका शक्तिलाई त मिलाएर जाने अधिकतम कोसिस गर्छौं नै ।

केन्द्रमा पनि अविश्वासको प्रस्ताव ल्याउने कोसिस हुँदै छ । यता पनि फ्लोर क्रस गर्ने अवस्था आयो भने के गर्नु हुन्छ ?

जुनसुकै प्रस्ताव सामना गर्छौं । हामीलाई यसमा कुनै चिन्ता छैन । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार