असार ९, २०८३ मंगलबार June 23, 2026

इन्टरनेट शुल्क प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आएको दुई प्रतिशतमा झार्ने तयारी गरेको छ ।

याे याेजना कार्यान्वयनका लागि प्राधिकरणमा नीतिगत सुधारको काम भइरहेको प्राधिकरणले जनाएको छ । हालको ब्रोडब्याण्ड नीतिले इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आयको ५ प्रतिशत हुनुपर्ने भनी उल्लेख गरेकाे छ ।

तर, अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) ले सन् २०२५ सम्म त्यसलाई घटाएर प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्नुपर्ने बताएको छ ।

त्यसैका आधारमा प्राधिकरणले हाल नीतिगत सुधारको प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याले बताएका छन् । यसका साथै उनले दूरसञ्चार क्षेत्रले नेपालको कुन जीडीपीमा २ प्रतिशतसम्म योगदान पुर्याएको बताएका छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया