वैशाख २२, २०८१ शनिबार May 4, 2024

स्वदेशमा पसिना बगाउन लाज मान्नेहरु विदेश जान्छन् : गभर्नर नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गभर्नर चिरञ्जीवि नेपालले नेपालमा उद्यमशीलताको प्रशस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरी विदेश जाने प्रवृत्ति रहेको बताएका छन् । पसिना नेपालमा बगाउँदा लाज हुने भन्दै युवाहरु विदेश गइरहेको उनको टिप्पणी छ ।

‘विदेश नै जानुपर्छ रातभर लाइन लाग्छन्, लाठी चार्ज गर्नुपर्ने स्थिति छ,’ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन् । हाम्रो देश अरु कसलै बनाइदिदैन । हामीले नै बनाउने हो ।’

बैंकमार्फत आपूर्ति हुने पैसा सदुपयोग नभएकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् । ७ सय ४१ तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको उल्लेख गर्दै गभर्नर नेपालले घरघरमा पैसा सजिलै पुगिरहेको बताएका छन ।

‘अधिकांश स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुगिसकेका छन्,’ गभर्नर नेपालले भने, ‘घरघरमा पुगेको पैसाको सदुपयोग किन नगरेको ?’

सर्वसाधारण मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुको पनि कमजोरी देखिएको उनले बताएका छन । बैंकिङ एक्स्पोमा सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागी नभएकोमा पनि उनले गुनासो गरेका छन ।

‘बैंकबारे बुझाउन नसकिएकै कारण मान्छेहरुले उद्यमशील कसरी बन्ने भन्नेबारे थाहा नपाएका हुन्,’ गभर्नर नेपालले भने ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौड्यालले पुँजी बजारको विकास तीव्र रुपमा भइरहेको बताएका छन । बोर्डकै आयोजनामा यस अघि काठमाडौं र को विराटनगरमा पुँजी बजार प्रदर्शनी सम्पन्न गरिएको भन्दै यस्ता प्रदर्शनीले शेयर बजारबारे जानकारी लिन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकबारे नकरात्मक हल्ला भएको गुनासो गरेका छन । बैंकले दुःख दियो भनेर कहिलेकाहीँ गुनासो आउने गरेको भन्दै उनलउे धेरै गुनासाहरु बैंकिङ सेवाबारे जानकारी नभएका कारण आउने गरेको शेरचनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार