श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाखभरि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ।

‘कोभिड १९ विपद व्यवस्थापन समितिको आजको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको छ।’

चैते दशैँ भएकाले मंगलबार एकैदिनमा मनकामना मन्दिरमा सात हजार भक्तजनले पूजा गरेका मनकामना क्षेत्र विकास समितिका अध्यक्ष  रामकुमार जोशीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयबाट भएको निर्णय प्राप्त नभएकाले मंगलबार निर्वाध रुपमा पूजाआजा भएको उनले बताए। ‘डिसिसिएमसीले नै निर्णय गरेपछि हामीले पनि बन्द गर्नैपर्‍यो’, जोशीले भने।
चैते दशैँको अष्टमीमा गोरखकालीको विशेष पूजा लाग्ने दिन भएकाले मंगलबार भक्तजनको थेगिनसक्नु भीड भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए। डिसिसिएमसीको निर्णय अनुसार बुधबारदेखि मन्दिरमा नियमित पूजाबाहेकका पूजाआजा बन्द गर्ने उनले बताए।

डिसिसिएमसीले मेला, महोत्सव, जात्रा, पर्व, विवाह, ब्रतबन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णय गरेको छ।

सभा, सम्मेलन, सेमिनार, गोष्ठी, समीक्षा बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलाप पनि भर्चुअल विधिबाट मात्र गर्नुपर्ने, भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा २५ जनाभन्दा बढि उपस्थित नगराई गर्नुपर्ने निर्णय भएको छ।

सिनेमाहल, पार्टीप्यालेस, नाचघर, हेल्थक्लब, जिमखाना, फुटसल, हाटबजार, कवर्डहल, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा भिडभाड हुने कार्यक्रम पनि वैशाख मसान्तसम्मका लागि बन्द गराउने निर्णय भएको छ।

साथै बैठकले सवारी साधनमा मास्क अनिवार्य लगाउनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने निर्णय गरेको छ। होटल, रेष्टुरेण्ट पनि दैनिक निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई प्रवेश गर्न नपाइने लगायतका निर्णय डिसिसिएमसीको बैठकले गरेको छ।  अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार