असार २४, २०८२ मंगलबार July 8, 2025

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ ।

विश्वविद्यालयले आज सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

कोरोना भाइरसबाट विद्यार्थीहरु सङ्क्रमित भई अस्पताल भर्ना भएको भन्ने बुझिएकाले सञ्चालनमा रहेका कृषि विज्ञान तर्फका परीक्षाहरु र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने गरी समय सारिणी प्रकाशित गरिएका परीक्षाहरु स्थगित गरिएको विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दवल्लभ पन्तले बताउनुभयो ।

शनिबार विद्यार्थीले परीक्षा स्थगनको माग गर्दै विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार