असार २३, २०८२ सोमबार July 7, 2025

चार वर्षदेखि फरार अपहरणकारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेपछि विगत चार वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका–२९ निवासी ४० वर्षीय वुधनराम चमारलाई मुद्दा फैसला भएको चार वर्षपछि घरै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी रितेश कुमारलाई २०७१ साल भदौ ६ गते अपहरण गरी फिरौती माग गरेको अभियोग मुद्दाको पर्सा जिल्ला अदालतले २०७३ साल असार ६ गते फैसला गर्दै चमारलाई नौ वर्ष कैद र ५० हजार जरिवाना तोकेपछि उनी फरार रहँदै आएका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डले जानकारी दिए ।

पक्राउ परेका चमारलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया