मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले  शपथ गराउनुभएको हो ।

यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

उहाँहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उहाँहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

पार्टी निर्देशन विपरीत काम गरेको आरोप लगाउँदै एमाले प्रदेशसभा दलले तिनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गरेको थियो ।

सोअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उहाँहरु पदमुक्त भएको जानकारी दिनुभएको थियो ।

पदमुक्त हुनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई आज पुनः प्रदेशप्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ  गराउनुभयो ।

थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ । पर्यटनमन्त्री बुढाले उद्योगमन्त्रीका रुपमा यससँगै तीनपटक पद तथा गोपनीयताको शपथ लिनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन
२०८३ मंग्सिर १, मंगलबार