असार ५, २०८३ शुक्रबार June 19, 2026

फेरि त्यो त एमालेकै अस्पताल पनि हो, किनभने एमालेमा यस्तो खेती चलिरहन्छ । – चित्र बहादुर केसी (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकीमा बुधबार जे–जस्तो गतिविधि भए, त्यसमा जनमोर्चाका एक सांसद खिमविक्रम शाही जोडिएका छन्, तपाईंको प्रतिक्रिया के छ ?

एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो साथीहरू भेट्न जाँदा पनि भेट्न दिनुहुन्न भनेर रोकिएको छ । त्यहाँ अस्पतालमा मिलेमतो कति छ, त्यो त भोलि थाहा होला । यसबारे हामीले पनि खोजिरहेका छौँ । के भएको हो भनेर जानकारी लिइरहेका छौँ । हिजो कोभिड– १९ ‘टेस्ट’ गर्दा कोरोना नेगेटिभ देखिएको थियो, आज कोरोनाको बिरामी भनेर मान्छेलाई अस्पतालमा लगिएको छ । रातारात के भयो आइसियूमा राखिएको छ । पार्टीलाई जानकारी छैन । १२ बजेसम्म सम्पर्कमा रहेको र संसद्मा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा छ । मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुन्छ । हाम्रा साथी अस्पतालमा भेट्न गएका थिए, तर भेट्न दिइएन । यसले यसको गम्भीरता देखाउँछ । फेरि त्यो त एमालेकै अस्पताल पनि हो ।

तपाईंहरूको पार्टीले पोखरा घटनामा अहिलेसम्म पाएको सूचना के हो, के भएको हो ?

उनी अस्पतालको आइसियूमा छन् भन्ने थाहा भएको हो । त्यसपछि लगत्तै उनलाई भेट्नका हामीले साथी पठाएको, तर प्रशासनले भेट्नै दिएको छैन । हाम्रै सांसद र पोखराका अन्य जिम्मेवार साथी पनि अस्पताल पुगेका हुन् । सांसद बिरामी भएको छ, पार्टीका मान्छेलाई भेट्न दिइएन, यो सबैलाई थाहा भइसकेको छ । अस्पतालमा मिडिया पनि पुगिसकेका छन् । मिडियाबाट पनि धेरै सत्यतथ्य बाहिर आउँदै छन् ।

कतिपयले सांसद शाहीले सत्तारुढ दलसँग म्याच फिक्सिङ गरेकोसमेत आरोप लगाएका छन नि ?

ती सम्भावनालाई पनि इन्कार गर्न सकिन्न, सम्भावना जे पनि हुन सक्छ । किनभने एमालेमा यस्तो खेती चलिरहन्छ । तर, उनलाई त भेट्न पाउनुपर्‍यो नि ! हिजो कोरोना जचाउँदा नेगेटिभ आउने, आज त्यही बहानामा त्यहाँ लगेर राखेको छ । अपहरण गरेर राखेको हुनाले भेट्न नदिएको हो भन्ने हाम्रो बुझाइ छ ।

पोखरा घटनामा अब के गर्नुहुन्छ ?

पार्टीले के गर्छ भन्ने भोलि थाहा हुन्छ । अहिले नै सबै कुरा भन्न भएन ।

अन्य राजनीतिक दलको तुलनामा तपाईंहरूको पार्टीभित्र अनुशासन बढी नै थियो । यसले त जनमोर्चाको चरित्र पनि अन्य पार्टीभन्दा फरक देखाएन नि ?

व्यक्तिले गर्ने काम र पार्टीको नीतिले गर्ने काम एउटै हुँदैन । कुनै पार्टीका व्यक्तिले गर्ने कुकर्मलाई पार्टीको नीतिको अर्थमा बुझ्नुहुन्छ तपाईं ? सुनियोजित ढंगले कांग्रेस, एमालेले यस्ता खेती गरिरहन्छन् । तर, राष्ट्रिय जनमोर्चाको कुनै व्यक्तिले गर्‍यो भने दोषी त व्यक्ति हो नि ! संगठनको नीति दोषी हुन सक्दैन । म तीनपटक सदनमा बसेको छु । त्यसकारण राष्ट्रिय जनमोर्चाको नीति त्यस्तो छैन । व्यक्तिविशेषले त्यस्ता गतिविधि गर्न सक्छन् । यसबारेमा खोज–अनुसन्धान हुन्छ र नेपाली जनतालाई खास कुरा थाहा हुन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार