मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

म्याग्दीका प्राकृतिक चिकित्सालय र योग केन्द्र बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएकोे कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेको थियो । सिंगा तातोपानीसँगै उत्तरी म्याग्दीको भूरुङतातोपानी, मुदी बगरको तातोपानी, हिस्तान लगायतका ठाउँमा रहेका तातोपानीका कुण्डहरु पनि बन्द भएका छन् ।

साथै प्रशासनले गलेश्वर, महारानीथानको नित्यपूजा बाहेकका अन्य गतिविधि नगर्न, विवाहमा बाजा नबजाउन, २५ जना भन्दाबढी भेला नहुन, जिमखाना, कबर्डहल र योग केन्द्रहरु पनि बन्द गराउन आदेश जारी गरेको छ ।

यसअघि मङ्गलवार बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले वैशाख १५ देखि २८ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सदरमुकाम बेनीबजार पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बन्दै जान थालेको छ । बुधबारमात्रै यहाँ पिसिआर विधिबाट गरिएको परीक्षणमा १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सदरमुकामबाहेक ग्रामीण क्षेत्रहरुमा समेत सङ्क्रमित भेटिन थालेपछि चिन्ता बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ४६ जना सक्रिय कोरोना सङ्क्रमित देखिएका छन् ।

देशका विभिन्न ठाउँबाट प्राकृतिक तातोपानीमा स्नान गरी उपचार गराउन मानिसहरु आउने भएकाले कोरोना भाइरस सङ्क्रमित व्यक्तिको आगमन हुँदा यसले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले पूर्व सतर्कता अपनाएर  अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम न्यूनीकरण भएर सामान्य भएपछि अर्को सूचना जारी गरेर मात्रै कुण्डलाई पुनः सञ्चालन गराउने व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा अहिले ५०० भन्दा बढी बिरामीले कुण्डमा स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन् । जमिन भित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड, एसाइतिसलगायतका रोगहरु निको हुने मान्यता छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन
२०८३ मंग्सिर १, मंगलबार