वैशाख २५, २०८१ मंगलबार May 7, 2024

सुन्तला खानुका फाइदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजोआज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।

  • सुन्तलामा प्रशस्त साइट्राइट लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ ।
  • सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ ।
  • मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्दछ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ ।
  • सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
  • सुन्तलाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलेस्ट्रोल सन्तुलनमा राख्छ ।
  • थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ ।
  • सुन्तलाले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया