मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म थपियो – बजार बिहान २ घण्टा मात्रै खोल्न पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । योसँगै उपत्यकामा २९ वैशाखसम्म निषेधाज्ञा जारी रहने छ ।

यस्तै, बैठकले बजार बिहान सातदेखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको उनले बताए ।  यसअघि कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा २२ वैशाखसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको थियो ।

उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल गरे । विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दूरी कायम गरी गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतलाई पासको व्यवस्था गरी सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको उनले बताए ।

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजीकरण गर्ने, सम्बन्धित संचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन पनि निर्देशन दिइएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया