मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निषेधाज्ञाका कारण रोकिएका विदेशी पर्यटकलाई उपत्यका प्रवेश दिन गृहको निर्देशन (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गृह मन्त्रालयले निषेधाज्ञाका कारण रोकिएका विदेशी पर्यटकलाई उपत्यका प्रवेशको लागी अनुमति दिन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बुधवार सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न निर्देशन दिएको हो ।

कोरोना (कोभिड-१९) महामारीको जोखिम कम गर्न जारी गरेको मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटेल क्वारेन्टीनमा बस्ने गरी काठमाडौँ आउन दिने निर्णय गरेको छ । वैशाख १६ वाट उपत्यका जारी निषेधाज्ञा २९ गतेसम्म थप गरिएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया