असार ९, २०८३ मंगलबार June 23, 2026

कोरोना संक्रमित र मृतकको तस्वीर सञ्चार माध्यम र सामाजिक सञ्जालमा नराख्न काउन्सिलको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोभिड १९ को दोस्रो भेरियन्ट तीव्र रुपमा फैलिरहँदा आमसञ्चारबाट सूचना सम्प्रेषण गर्दा विशेष सजगता अपनाउन प्रेस काउन्सिलले आग्रह गरेको छ । काउन्सिलले एक सूचना जारी गर्दै कोरोना संक्रमित र मृतकको पहिचान झल्किने तस्वीर र भिडियो सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको हाे ।

कोरोना संक्रमित र मृतकको पहिचान खुल्ने गरी तस्वीरहरुले आफन्त तथा परिवारजनमा नकारात्मक असर पर्ने भन्दै काउन्सिलले त्यस्तो आग्रह गरेको हो ।

“यस संवेदनशील अवास्थामा आम सञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामाग्रीमा सजगता अपनाउन जरुरी हुन्छ । कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर, वैयक्तिक विवरण एवम् मृतकको सामाजिक दाहासंस्कारका तस्वीरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया