श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोना संक्रमित र मृतकको तस्वीर सञ्चार माध्यम र सामाजिक सञ्जालमा नराख्न काउन्सिलको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोभिड १९ को दोस्रो भेरियन्ट तीव्र रुपमा फैलिरहँदा आमसञ्चारबाट सूचना सम्प्रेषण गर्दा विशेष सजगता अपनाउन प्रेस काउन्सिलले आग्रह गरेको छ । काउन्सिलले एक सूचना जारी गर्दै कोरोना संक्रमित र मृतकको पहिचान झल्किने तस्वीर र भिडियो सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको हाे ।

कोरोना संक्रमित र मृतकको पहिचान खुल्ने गरी तस्वीरहरुले आफन्त तथा परिवारजनमा नकारात्मक असर पर्ने भन्दै काउन्सिलले त्यस्तो आग्रह गरेको हो ।

“यस संवेदनशील अवास्थामा आम सञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामाग्रीमा सजगता अपनाउन जरुरी हुन्छ । कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर, वैयक्तिक विवरण एवम् मृतकको सामाजिक दाहासंस्कारका तस्वीरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार