बैसाख २६, २०८३ शनिबार May 9, 2026

इन्टरनेट स्लो भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः इन्टरनेट सेवालाई लिएर ग्राहकहरुमा कहिल्यै सन्तुष्टि पलाएको देखिँदैन । यो असन्तुष्टि अझ निरन्तर बढ्दो क्रममा छ । सामाजिक सञ्जालहरुमा इन्टरनेट सेवा प्रदायकहरुमाथि नकरात्मक टिप्पणी तथा गाली गलौज गरिएका अनेकौं पोस्टहरु देखा परिरहेका हुन्छन् ।

वास्तमा इन्टरनेट विभिन्न कारणले स्लो हुने गर्छ । यसबारे हरेक प्रयोगकर्ता चनाखो हुन जरुरी हुन्छ । आज हामी ब्रोडब्यान्ड इन्टरनेट स्लो हुने मुख्य पाँ कारणबारे चर्चा गर्दै छौं ।

१. तपाईंको वाईफाईले व्यापक कभरेज दिन्छ तर, यसले तपाईंको कनेक्सन पर्फमेन्सलाई कमजोर बनाउन सक्छ । दुरीले तपाईंको वाईफाई सिग्नललाई घटाइदिन्छ र घरको सिलिङ र भित्तालाई छेडेर जान वाईफाई सिग्नललाई समस्या पर्दछ ।

यो समस्याबाट मुक्ति पाउन तपाईंले आफ्नो डिभाइसलाई इथरनेट केबल प्रयोग गरेर आफ्नो राउटरसँग जोड्न सक्नुहुन्छ । अब स्पीड टेस्ट गर्नुहोस् र देखिने परिणामबाट तपाईं पक्कै खुसी हुनुहुनेछ।

यसबाहेक राउटरलाई आफ्नो घरको केन्द्रमा राखेर पनि तपाईंले वाईफाई पर्फमेन्सलाई सुधार गर्नसक्नुहुन्छ । यसलाई खुल्ला, ओरालो पोजिसनमा राख्दा राम्राे हुन्छ । तर यसलाई साँघुरो ठाउँमा लुकाएर कहिल्यै नराख्नुहोस्  ।

२. इन्टरनेट शेयर गरेर प्रयोग गर्नको लागि हो । यसैले तपाईंले यसलाई आफ्नो साथीभाइ र परिवारसँग शेयर गर्नुहुन्छ । तर शेयर गर्दै गर्दा नभुल्नुहाेला कि वाईफाई कतिवटा डिभाइसमा बाढिने भनेर त्यसको आफ्नै सीमितता हुन्छ ।

जब तपाईंको ब्रोडब्याण्ड धेरै जनामाझ शेयर भइरहेको हुन्छ, तब यो इन्टरनेट विभिन्न प्रयोजनका लागि प्रयोग भइरहेको हुन्छ । जस्तै भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ आदि । यसले धेरै ब्याण्डविथ खपत गर्दछ । परिणामत: वाईफाईको समग्र पर्फमेन्समा नै असर पर्दछ ।

आफ्नो ब्रोडब्याण्ड स्पीडलाई दिनमा दुईदेखि तीन पटकसम्म परीक्षण गर्नुहोस् । त्यसबेला तपाईंले थाहा पाउनुहुनेछ जब एकदमै कम मानिसहरुले इन्टरनेट प्रयोग गरिरहेका हुन्छन्, तब तपाईंको नेटले एकदमै तीव्र गतिमा काम गरिरहेको हुन्छ ।

तर फाइबर ब्रोडब्याण्ड प्याकेजले धेरै कनेक्सनलाई राम्रोसँग सपोर्ट गर्न सक्दछ । यसले स्ट्याण्डर्ड ब्रोडब्याण्ड एडीएसएलभन्दा राम्रोसँग काम गर्दछ । यसले स्पीड र समग्र पर्फमेन्स कुनैलाई पनि हानी पर्‍याउँदैन ।

३. तपाईको वाईफाईकको सिंग्नललाई असर गरेर कनेक्सन पर्फमेन्सलाई कमजोर बनाउने तत्व दुरी मात्र होइन राउटर राखेको लोकेसन पनि अर्को कारण हो । यसबाहेक नजिकको टेलिफोन एक्सचेन्ज र एक्टिभ स्ट्रिट डिस्ट्रिब्यूसन क्याबिनेटसँगको दुरी पनि अर्को तत्व हो ।

यी प्वाइन्टहरुमा तपाईको जानकारीहरु अनलाइन एक्सेस गर्न सकिन्छ वा इन्टरनेटमा अपलोड गर्न सकिन्छ । यी प्वाइन्टबाट जति टाढा जानुहुन्छ तपाई्को कनेक्सन त्यति नै कमजोर हुन्छ । एउटा क्विक वेब सर्चले तपाईंकाे नजिकको टेलिफोन एक्सचेन्ज लोकेट छ भनेर देख्न सकिन्छ ।

यदि तपाई स्ट्याण्डर्ड ब्रोडब्याण्ड एडीएसएलको ग्राहक हुनुहुन्छ भने फाइबर ब्रोडब्याण्ड प्रोभाइडरले आँकलन गरेको लाइन स्पीड रिक्वेस्ट गर्नुहोस् । यसबाट तपाईंले आफ्नो ब्रोडब्याण्डको अहिलेको स्पीड देख्न सक्नुहुन्छ । फाइबर अप्टिक ब्रोडब्याण्डको प्रविधि भनेकै लामो दुरीमा पनि यसको स्पीड सधै धेरै हुन्छ ।

४. तपाईंको वाईफाई पासवर्ड सुरक्षित छ भने छिमेकीले चोरी गर्न सक्दैन । तर तपाईंहरुले नेटवर्क पूर्वाधार भने साझा रुपमा प्रयोग गरिरहनु भएको हुन्छ । जसले तपाईंको सडक र वरिपरीको क्षेत्रमा पनि कभरेज दिन्छ । यसको प्रविधि शुत्र तपाईंले आफ्नो परिवारसँग इन्टरनेट शेयर गरेको जस्तै नै हो । तर छिमेकीसँग शेयर गरिरहेको इन्टरनेट पूर्वाधार ठूलो स्केलमा धेरै क्षमताको हुन्छ ।

जब तपाईंको क्षेत्र वा सडकमा धेरै मानिसहरु अनलाइनमा हुन्छन् तब नेटवर्कको डिमाण्ड पनि ह्वात्तै बढ्छ । यस्तो बेला स्पीडमा गडबडी हुनसक्छ ।

केही ब्रोडब्याण्ड प्रदायकले भने नेटवर्क युसेजमै सिधै नियन्त्रण कायम गर्छन् । यसरी नियन्त्रण गर्दा इन्टरनेट गतिविधि सीमित हुन्छ । जसले अन्य प्रयोगकर्तामा पनि इन्टरनेट एक्सेस समानरुपमा पुग्न सक्छ । यसलाई ट्राफिक म्यानेजमेन्ट भनिन्छ । यसले सबै प्रयोगकर्तामा समान रुपमा इन्टरनेट खपत गर्न सहयोग गर्दछ ।

. कहिलेकाहिँ तपाईंको सुस्त ब्रोडब्याण्डको मुख्य कारण नै तपाईंको सेवा प्रदायक हुन सक्छ । तपाईंको प्रोभाइडरको ट्राफिक म्यानेजमेन्ट नीतिले पनि तपाईंको युसेजलाई नियन्त्रण गरिरहेको हुन्छ ।

यदि यस्तो हो भने यो समस्यालाई हल गर्ने उपाय तपाईसँग हुँदैन । यस्तो बेला आफ्नो प्रदायककहाँ जानुहोस् र सम्भावित समाधानको लागि अनुरोध गर्नुहोस् । यसो गर्दा पनि पुरानो सेवाप्रदायकसँग सन्तुष्ट हुनसक्नु भएन भने अर्को सेवाप्रदायककहाँ जान तपाईं स्वतन्त्र हुनुहुन्छ ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार