मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अक्सिजन सिलिन्डर तत्काल अस्पतालमा फिर्ता गरिदिन सरकारको अनुरोध (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बिहिबार एक विज्ञप्ति जारी गर्दै छिटोभन्दा छिटो अक्सिजन सिलिण्डर फिर्ता गरिदिन अनुरोध गरेका हुन्।

अनुगमनको क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिण्डरहरु खाली रहको र भण्डारण गरेर राख्ने गरेको पाइएकाले सम्बन्धित उद्योग व्यवसायीहरु र सरोकारवालालाई अस्पतालमा उपलब्ध हुनेगरी फिर्ता गरिदिन मन्त्रालयको आग्रह छ।

मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता नगर्नेलाई अनुगमन गरी कारबाही गर्ने र अस्पतालमा न्यायोचित रुपमा अक्सिजन उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

उलंघन गरेको पाइएमा संक्रमक रोग एेन २०२० को आधारमा अनुगमन गरी कारवाही गरिने समेत जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया