काठमाडौंः कोरोना भाईरस महामारि नियन्त्रणको लागी सरकारले बिहिबार साँझसम्ममा ७७ जिल्लामध्ये ६० जिल्लामा निषेधाज्ञा जारी गरेको छ । बुधबार साँझसम्ममा ५६ जिल्लामा निषेधाज्ञा जारी भएकोमा बिहिबार थप ४ जिल्लामा निषेधाज्ञा जारी भएको हो ।
गृह मन्त्रालयका अनुसार ६० जिल्लामध्ये अहिलेसम्म ४७ जिल्लामा पुर्ण निषेधाज्ञा जारी भएको छ भने १४ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।
गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका हुन् ।







युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया