मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

संवैधानिक परिषद्को बैठक शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  संवैधानिक परिषद्को बैठक भर्खरै सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघी बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत उपस्थित छन् ।

आजको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित छन् । आजको बैठकले विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी तथा सदस्यहरुमा नियुक्त गर्ने बताईएको छ ।

संवैधानिक परिषद्मा अध्यक्ष प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीश र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया