बैसाख २६, २०८३ शनिबार May 9, 2026

एनसेलको लकडाउन अफर, हरेक दिन स्मार्टफोन जित्ने मौका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एनसेलका ग्राहकले अब युनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले मंगलबार (वैशाख २८) देखि यो आकर्षक योजना लागु गरेको हो ।

इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि ७ दिनसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । यो आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् ।

यूएईको ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताले नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइलाई एनसेल नम्बरमा कल गर्दा यो योजनामा सहभागी हुन सकिनेछ । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने कम्पनीको विश्वास छ ।

यो योजना अन्तर्गत यूएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफल हुनेछन् । ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।

ग्राहकले उठाएको आगमन कल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ । विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ ।

हाल लागु भएको निषेधाज्ञा हटेको एक हप्तापछि विजयी ग्राहकले जितेको स्मार्टफोन लिन सक्नेछन् । स्मार्टफोन जित्ने मौकाका साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । कम्पनीका अनुसार विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाउन सकिनेछ । यसरी प्राप्त बोनस ३ दिनसम्म मान्य हुनेछ । ग्राहकले उक्त बोनसमा एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन सक्नेछन् ।- टैकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार