मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाडौं उपत्यकामा आजदेखि दुईसातासम्म निषेधाज्ञा, सबै कार्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौं उपत्यकामा आजदेखी अत्यावश्यकबाहेक सबै कार्यालय बन्द हुने भएको छ। उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे गए राति १२ बजेसम्मका लागि समय थपिएको थियो।

काठमाडौं उपत्यकामा कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने प्रसासनद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।

काठमाडौं प्रशासनले बुधबार एक सूचना जारी गरी कोरोनाको महामारी तीव्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गरिएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया