असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रसुवाको पहिलो विद्यालय निलकण्ठ माध्यमिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसँगै नयाँ भवन निर्माण गर्न जग्गा खरिदको लागि झण्डै २१ लाख जुटेको छ ।

भवन बनाउन आवश्यक पाच रोपनी जग्गा खरिद गर्न विद्यालयका पूर्व विद्यार्थीको पहलमा शुरु गरिएको चन्दा सङ्कलनको एक महिनामा रु.२० लाख ९२ हजार जम्मा भएको प्रचारप्रसार विभागका संयोजक शशी डङ्गोलले जानकारी दिनुभयो ।

उतरगया गाउँपालिका–५ घर भएर हाल बेल्जियम निवासी मीरा डङ्गोलले रु.एक लाख एक सय दिएर शुरु भएको सो अयिभानमा गाउँपालिका लेखनाथ अधिकारीले एक लाख एक हजार १५५ सहयोग गर्नुभएको छ । हालसम्म १९८ दाताबाट सहयोग जुटेको छ । रकम सङ्कलन अभियान अहिलेको निषेधाज्ञाको समयमा पनि जारी रहेको शिक्षक गणेश श्रेष्ठले बताउनुभयो ।

विसं. २००७ मा स्थापना भएको उक्त विद्यालयमा भवन र आवासीय संरचना बनाउन नेपाल सरकारबाट एक करोड ५० लाख बढी रकम बजेट सुनिश्चित भएकोे छ । सोही कारण जग्गाको जाहो गर्न लागिएको हो । स्थानीय वसन्त आचार्यसँग चार रोपनी जग्गा ७६ लाख ८० हजारमा खरिद गर्न दाताबाट सङ्कलन भएको रकमबाट विद्यालयले १० लाख अग्रिम भु्क्तानी दिइसकेको व्यावस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

जग्गा खरिद सहित पूर्वविद्यार्थीले स्मारक, वालउद्यान लगायतका संरचना निर्माण गर्न सहयोग अभियान चलाएको विदुर निवासी पूर्वविद्यार्थी मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमार्फत एक करोड सङ्कलन गर्ने लक्ष्य छ । निलकण्ठ मावि रसुवा र नुवाकोट दुवै जिल्लाको विद्यार्थीको लागी पायक पर्ने छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार