श्रावण ५, २०८२ सोमबार July 21, 2025

कोरोना कहरमै : रातो मच्छिन्द्रनाथको रथ तानियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कडा सुरक्षाको घेराबीच बुंगद्यों अर्थात् रातो मच्छिन्द्रनाथको रथ शनिबार पुल्चोकबाट करिब २ सय मिटर परसम्म तानिएको छ । उपत्यकाको सबैभन्दा लामो रथयात्राका रूपमा रहेको यस यात्रालाई यस वर्ष छोटो दूरीसम्म तानेर सम्पन्न गर्ने तय गरिएअनुसार रथ तानिएको हो ।

निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको स्थानलाई निधेषित क्षेत्र घोषणा गरेको थियो । रथ तान्ने अवधिभर पुल्चोक पुग्ने सातवटा नाका बन्द गरिएको थियो भने रथलाई बीचमा पारेर सुरक्षा घेरा हाल्न प्रहरी र सशस्त्र गरी ५ सय परिचालन गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो ।

सुरक्षा कमान्ड मिलाउन वरिष्ठ उपरीक्षक वज्राचार्य र प्रहरी उपरीक्षक प्रज्वल महर्जनलगायत खटिनुभएको थियो । रथ तान्ने अवधिभर जात्रा व्यवस्थापन समितिले निमन्त्रणा गरेका बाहेक सूचना विभागको पास भएका सञ्चाकर्मीलाई समेत सुरक्षाकर्मीले रथ तान्ने स्थानमा प्रवेश गर्न दिएको थिएन । रथको पांग्रा र अगाडिको घमा पूजा गरेपछि रथ तानिएको थियो । यसअघि गुठी संस्थानका प्रमुख खिमा वलीले रथमा ‘घकू’ राख्नेहरूलाई प्रतिकात्मकरूपमा पूजा सामग्री हस्तान्तरण गर्नुभयो ।

ज्यापू समाज यलःअन्तर्गत गाबहालःको आन्तरिक जात्रा व्यवस्था समितिबाट खटिएका करिब १ सय ५० जना स्वयंसेवकले चारवटा डोरी राखेर रथ तानेका थिए । सीमितरूपमा आएका गुरुजुको पल्टनले तोप पड्काएको थियो । धिमेबाजा पनि सीमित नै थिए भने नाय्खी बाजाको एक टोली आएका थिए । करिब दुई घण्टाको अवधिमा रथलाई रथ बनाइएको स्थान पुल्चोकबाट अशोक स्तुप अगाडिको मण्ड फल्चा (सोह्रखुट्टे) पाटीमा पु-याइएको थियो ।

मीननाथलाई परम्पराअनुसार टंगलबाट पुल्चोकस्थित महानगरपालिका कार्यालयसम्म तान्नुपर्नेमा टंगलबाट ५० मिटर परमात्र तानिएको थियो ।कोरोना संक्रमणको संख्या र मृत्युदर बढ्दै गएकाले गत वर्षझैं यो वर्ष पनि सांकेतिकरूपमा रथ तान्ने निर्णय गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित १९ वटा जातीय समाज खलः पुचःको गत वैशाख २८ गते बसेको बैठकले रथ सांकेतिकरूपमा तान्ने निर्णय गरेको थियो । बैठकले परम्परागत भोटो जात्रा नगरी रातो मच्छिन्द्रनाथलाई खटमा राखेर ज्योतिषीले निकालेका साइतअनुसार यही जेठ ५ गते बुंगमती पु¥याइने निर्णय गरेको छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार