श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टेलिकमकाे फोरजीमा अब भिडिओ कल सेवा, यसरी गर्नुहोस् प्रयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सोमबारदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले विश्व दूरसञ्चार तथा इन्फरमेसन सोसाइटी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक यस्तो सेवा ल्याउन लागेको हो ।

कम्पनीले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भोल्टे सेवा सञ्चालनमा ल्याउन लागिएको जनाएको छ । यो सेवा कम्पनीका प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा परीक्षणको रुपमा ल्याउन लागिएको हो ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस, डायल गर्ना साथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिने कम्पनीले जनाएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीसँग भीओएलटीई सपोर्ट गर्ने मोबाइल सेट हुन जरुरी छ । प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशन अनुसार यो सेवा एक्टिभ गराउन सक्नेछन् ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्ने हुन्छ । त्यसलगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।

त्यसपछि *111# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईंको मोबाइलबाट यो अङ्क डायल हुन्छ भने सोच्नुहोस्, तपाईंको मोबाइलमा टेलिकमको यो नयाँ सेवा चलाउन सकिन्छ ।

अन्यथा (भीओएलटीई सपोर्ट नगर्ने अवस्थामा) यो नम्बरमा तपाईंले डायल गर्न सक्नुहुन्न । नेपाल टेलिकमले यो सेवा प्रयोग गर्ने ग्राहकलाई आफ्नो नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी एक पटकका लागि १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ वा गर्दैन भनेर थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा यहाँ क्लिक गरी ईमेल पठाउन पनि सकिनेछ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार