बैसाख २६, २०८३ शनिबार May 9, 2026

नेपाल टेलिकमको फोरजी भ्वाइस सेवा आजबाट शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले ग्राहकको माग अनुसार आज (सोमबार) देखि फोरजी भ्वाइस सेवा शुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा टेलिकमले आजबाट प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा यो सेवाको परीक्षण शुरुवात गरेको प्रवक्ता राजेश जोशीले बताउनुभयो ।

टेलिकमले आफ्नो सेवालाई समयनुकुल बनाउन आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा लेट प्रविधि अन्तर्गत भ्वाइस ओभर लङ र्टम इभोलुसन (भोल्ट) सेवा सञ्चालनमा ल्याएको जोशीले जानकारी दिनुभयो ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता बड्ने टेलिकमले जनाएको छ ।

यो सेवा प्राप्त गर्न आफ्नो मोबाइलबाट स्टार ४४४ ह्याज डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा एक्टिभेट गर्न सकिने जनाएको छ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भोल्ट कल फर एनटिसी सिम समेत इनेबल गर्नु पर्ने टेलिकमले जनाएको छ ।

मोबाइल सेटको माथिल्लो लहरमा भोल्टको संकेत देखा परे पछि स्टार १११ ह्याज डायल गरे पछि यो सेवा लिन सकिन्छ । २८ दिनसम्म प्रयोग गर्न सकिने यो सेवा एक सय मिनेट भोल्ट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार