काठमाडौंः काठमाडौं महानगरपालिका नगरस्तरीय परीक्षा समितिले अधारभूत तह कक्षा ८ को बार्षिक मुल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ ।
कोभिड -१९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहर तिव्ररुपमा फैलिरहेको कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहेकोले बार्षिक मुल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।
पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत,निरन्तर विद्यार्थीको मुल्यांकन गरी विद्यालयमा राखिएको विद्यालयको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकुल उपयुक्त वैकल्पिक मुल्यांकन विधि वा प्रकृया अपनाई २० प्रतिशतको आधारमा विद्यार्थीको मुल्यांकन गरी पठाउन सबै विद्यालयलाई सूचना जारी गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया